• २१ असोज २०८३, बुधबार
  • १०ः२६ बिहान

आज नेप्सेमा हरियाली, कारोबार रकम भने घट्याे

प्रकाशित मिति

२०८० श्रावण १७ गते, बुधबार ०४:१०

१७ श्रावण २०८०, काठमाडौँ : आज (बुधबार) नेप्सेमा हरियाली छाएको छ । आज ९.२५ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०८६.८४ विन्दूमा कायम हुन पुगेको हो । नेप्से बढेपनि आज कारोबार रकम भने निकै घटेको छ ।

National Life

आज १ अर्ब ८१ करोड २४ लाख ७३ हजार माथिको कारोबार भएको हो । आज ११७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।


सेयर बजारमा समान्य अंकले हरियाली छाएपनि आज प्रभु स्मार्ट लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज एनआईबिएल समृद्धि फण्ड २, सुपरमादी हाइड्रोपावर, सामुदायिक लघुवित्तलगायतका कम्पनीको सेयरमूल्य घटेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सेयर बजारमा समान्य अंकले हरियाली छाएसँगै आरबीबी म्युचुअल फण्ड १ को सेयरमूल्य सर्वाधिक बढेको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड, सिद्धार्थ इक्युटी फण्ड, सिंगटी हाइड्रो, सिर्जजशील लघुवित्तलगायतका कम्पनीहरुको सेयरमूल्य बढेको छ ।


शिवम् सिमेन्टसको सेयरमा लगानीकर्ताको आकर्षण कायमै भएको देखिएको छ। कम्पनीको आज ११ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


त्यस्तै, सानिमा बैंकको प्रमोटर सेयर, प्रोगेसिभ फाइनान्स, अपर तामाकोशी, सोल्टि होटल, प्राइम कर्मशीयल बैंक, माछापुच्छे बैंक, हिमलायन लाइफ, एभरेष्ट बैंक र कुमरी बैंकको प्रमोटर सेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।


नेप्सेमा घटेपनि आज शिवम् सिमेन्ट्स लिमिटेडको कारोबार अब्बल रह्यो । नेप्सेमा १३ उपसमूह मध्ये फाइनान्स इनडेक्समा लगानीकर्ताको आकर्षण देखिएको छ ।

प्रतिकृया