कालिका लघुवित्तको संस्थापक शेयर विक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?

प्रकाशित मिति

२०८० श्रावण १७ गते, बुधबार ०३:२०

promoter

१७ श्रावण २०८०, काठमाडौँ: कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ हजार १३१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । उक्त शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरूलाई भएको कम्पनीले जानकारी दिएको छ ।


शेयर खरीद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र खरीद गर्न चाहेको शेयरको विवरणसहित कम्पनीको केन्द्रीय कार्यालय पोखरा–१०, कास्कीमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।


विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र जारी गरिएको यो शेयर तोकिएको अवधिभित्र वितरण हुन नसकेमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिकृया