• 2:54 pm

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड

प्रकाशित मिति

२०८० श्रावण १६ गते, मंगलवार १०:५८

१६ श्रावण २०८०, काठमाडौँ: आज मनकामना इन्जिनियरिङ हाइड्रोपावरको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीले असार १९ गतेदेखि वैदेशिक रोजगारीमा गएकाहरूका लागि र स्थानीयवासीको लागि आईपीओ बिक्री खुलाएको थियो ।


साधारण सेयरको बिक्री प्रबन्धक बीओके क्यापिटलले आज सेयर बाँडफाँड गरेको हो । कम्पनीको जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशतका दरले हुन आउने ८ लाख कित्ता सेयर स्थानीयबासीलाई छुट्टाएको थियो । यस्तै, वैदेशिक रोजगारीमा जाने जानेलाई २ लाख कित्ता सेयर छुटाइएको थियो ।


यसमध्ये स्थानीयवासीले १ लाख ८३ हजार ३८० कित्ता सेयर आवेदन गरेका थिए । यस्तै, वैदेशिक रोजगारीमा गएकालाई छुट्ट्याइएको सेयरमा भने आवेदनभन्दा धेरैको माग परेको छ । २ लाख सेयर छुटाइएकोमा ६ लाख २६ हजार कित्ताभन्दा धेरैको आवेदन परेको थियो ।

प्रतिकृया