• 2:24 pm

आज पनि नेप्सेमा गिरावट

प्रकाशित मिति

२०८० श्रावण ११ गते, बिहीबार ०४:५८

११ श्रावण २०८०, काठमाडौँ : आज (बिहिबार) पनि नेप्सेमा गिरावट आएको छ । आज २९.७१ अंकले नेप्से घट्दा इन्डेक्स भने २१२६.४८ विन्दूमा कायम हुन पुगेको हो । नेप्से घटेसँगै आज कारोबार रकम पनि बुधबारको तुलनामा खस्किएको छ । आज २ अर्ब ४२ करोड ५७ लाख ८० हजार माथिको कारोबार भएको हो ।


आज १६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज शिवम् सिमेन्ट्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको ९ करोड माथिको सेयर कारोबार भएको छ।


हिमालयन लाइफ, प्रोगेशिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, एभरेष्ट बैंक, शाईन रेसुङ्गा बैंक, हिमालयन डिष्टलरी, नबिल बैंक, एशियन लाइफ र एनआईसी एशिया बैंकको आज सर्वाधिक कारोबार भएको छ।


बिहीबार सेयर बजार दोहोरो अंकले घटेपनि एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको सेयरमूल्य सर्वाधिक बढेको छ । साथै, आज इमर्जीङ नेपा लिमिटेड, सिक्लेस हाइड्रोपावर, गुडविल फाइनान्स डिभेन्चरलगायतका कम्पनीको सेयरमूल्य बढेको हो ।


बिहीबार सेर बजार दोहोरो अंकले घटेसँगे किसान लघुवित्तको सेयरमूख्य घटेको छ । कम्पनीको ८.६८ प्रतिशत अर्थात ८९ रुपैयाँले सेयरमूल्य घटेर ९३६ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, प्रोग्रेशिभ फाइनान्स, माइखोला हाइड्रोपावर, मिथिल्ला लघुवित्त, बरुण हाइड्रोपावरलगायतका अन्य कम्पनीको सेयरमूल्य घटेको छ ।

प्रतिकृया