• २१ असोज २०८३, बुधबार
  • १०ः४० बिहान

नेप्से सामान्य अंकले घट्यो

प्रकाशित मिति

२०८० श्रावण १० गते, बुधबार ०४:११

१० श्रावण २०८०, काठमाडौँ : आज (बुधबार) सेयर बजार सामान्य अंकले घटेको छ । आज सेयर बजार ८.११ अंकले घटेर २१५६.२० को बिन्दुमा कायम भएको हो ।

National Life

हिजाे २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँमा सीमित भएको छ।


यस दिन २६० वटा धितोपत्रको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर किनबेच भएको हो। बुधबार किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.९६ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य एक हजार २५ रुपैयाँ पुगेको छ। यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.५८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३४० रुपैयाँ कायम भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सेयरमूल्य सर्वाधिक घट्नेमा जाल्पा सामूदायिक लघुवित्त रहेको छ। उक्त कम्पनीको मूल्य ६.४९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४८९ रुपैयाँमा सीमित भएको छ।


यस्तै, युनिलिभर नेपालको सेयरमूल्य ६.३३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३७ हजार रुपैयाँमा झरेको छ। बुधबार ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।


उक्त कम्पनीको प्रतिकित्ता १०० रुपैयाँमा १५ करोड १२ लाख बराबरको सेयर कारोबार भएको हो।


यो मूल्य अघिल्लो दिनको तुलनामा १.९६ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६२४ रुपैयाँ ६० पैसामा ९ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ। यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशतले घटेको छ।

प्रतिकृया