मौद्रिक नीति सार्वजनिक गरेसँगे शेयर बजारमा उछाल, ६३.२४ अंकले बढ्याे नेप्से
प्रकाशित मिति
२०८० श्रावण ७ गते, आईतवार ०४:५६
७ श्रावण २०८०, काठमाडौँ : नेप्से बढेसँगै आज कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ । आज ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार माथिको कारोबार भएको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगे शेयर बजारमा उछाल आएको हो ।
आज (आइतबार) नेप्से परिसूचक ह्वात्तै बढेको छ । नेप्से ६३.२४ अंकले बढ्दा नेप्से इन्डेक्स २२२७.१६ विन्दुमा कायम हुन पुगेको हो । आज १९९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेमा बढेसँगै आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो । शिवम् सिमेन्ट्सको आज १४ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ज्योति विकास बैंकको १३ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आइतबार सेयर बजार बढेसँगै तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज किसान लघुवित्त, चन्द्रागिरी हिल्स र लिबर्टी इनर्जी कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, आज स्वरोजगार लघुवित्त, ग्लोबल आईएमई बैंक, कालिञ्चोक दर्शनलगायत अन्य कम्पनीको सेयरमूल्य बढेको छ ।
नेप्से परिसूचक ह्वात्तैबढेसँगै शिवम् सिमेन्ट्स र ज्योति विकास बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन्।
त्यस्तै, ग्लोबल आइएमई बैंक, हिमालयन डिष्टलरी, एनआईसी एशिया बैंक, हिमालयन लाइफ, एभरेष्ट बैंक, नबिल बैंक, प्रभु बैंक र चन्द्रागिरी हिल्सको सेयर सर्वाधिक कारोबार भएको छ।
आइतबार सेयर बजार बढेपनि एनआईबिएल ग्रोथ फण्डको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आज फण्डको सेयरमूल्य ९.३८ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, नेपाल बैंक डिभेन्चर २०८७, बिपिडब्लु लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड लगायतका कम्पनीहरुको सेयरमूल्य घटेको छ ।








प्रतिकृया