• २१ असोज २०८३, बुधबार
  • १०ः०७ बिहान

सुनको भाउ ८ सय रुपैयाँ घट्यो, कतिमा हुँदै छ कारोबार ?

प्रकाशित मिति

२०८० श्रावण ५ गते, शुक्रबार ११:१०

५ श्रावण २०८०, काठमाडौँ: साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउमा गिरावट आएको छ । दैनिक बढेर नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्य शुक्रबार भने केहि घटेको छ । यस दिन छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको हो । बिहीबार यसको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ थियो ।

National Life

यसैगरी, तेजावी सुनको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार यस्तो सुनको मूल्य पनि प्रतितोला ८ सय रुपैयाँले नै घटेर १ लाख १२ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।


बिहीबार यसको मूल्य प्रतितोला १ लाख १३ हजार ५० सय रुपैयाँ थियो । शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । यस दिन चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँ थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया