• 9:14 am

अपाचे ओनर्स ग्रुप (एओजी)द्वारा मार्सल मिटका साथै एनिभर्सरी राइड सम्पन्न

प्रकाशित मिति

२०८० असार १२ गते, मंगलवार ०३:०७

१२ असार २०८०, काठमाडौँ : “सामूहिक प्रहलद्वारा सबथोक सम्भव छ” भन्ने भावनालाई बाइकिब कल्चरमार्फत युवाहरुको मनमा स्थापित गर्ने लक्ष्यका साथ सुरुवात गरिएको अपाचे ओनर्स ग्रुप ( एओजी)ले असार ८ गते शुक्रबार मार्सल मिट र असार ९ गते आफ्नो एनिभर्सरी राइड कार्यक्रमहरु भब्यताका साथ सम्पन्न गरेको छ ।


एओजीद्वारा नक्साल स्थित क्राउन प्लाजा होटलमा आयोजित मार्सल मिटमा देशभरबाट १५ जना मार्सलहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा देशभरबाट आएका सबै मार्सललाई हेड मार्सल गौरव कुमार पाठक मार्फत सवारी सम्बन्धी जानकारी र सुरक्षित यात्राका लागि आवश्यक तालिम प्रदान गरेका थिए । तालिमले अपाचे ओनर्स ग्रुपलाई अझ बलियो बनाएको छ भने तालिम प्राप्त मार्सल द्वारा नेतृत्व गरिने भविष्यका राइडहरु थप सुरक्षित र रमाइलो बन्ने निश्चित भएको छ । नेपाली युवाहरुमाझ रहेको बाइकिब प्रतिको प्रेमलाई एओजी मार्फत एक बनाउँदै एक आपसमा भाइचाराको भावनालाई प्रोत्साहन गर्नका निम्ति टिभिएस लामो समय देखि लागि परेको छ ।


त्यसैगरी, कम्पनीले आन्तरिक पर्यटन प्रबद्र्धनको लक्ष्यका साथ आफ्नो एनिभर्सरी राइडपनि भब्यताका साथ सुसम्पन्न गरेको छ । ७० भन्दा बढी राइडरहरुको सहभागिता रहेको काठमाडौं, भृकुटीमन्डप स्थित नेपाल पर्यटन बोर्डको अफिसबाट सुरु भएको उक्त राइड मिनी ईलाम, भोटेचौर पुगेर पूनः साँझ काठमाडौंमै फर्किएर समापन गरिएको थियो । उक्त कार्यक्रम मार्फत केही समय अघि एओजीद्वारा आयोजित मार्कयु राइडमा सहभागी भेटरान राइडर्स तथा मोटो भ्लगर्स विजय मोक्तान, प्रमोद श्रेष्ठ (गुफी), अवशिस ओझा र सागर थापालाई सम्मान पत्रका साथै मायाको चिनोसहित सम्मान गरेको थियो । साथै, समस्त सहभागी राइडरहरुलाई पनि मायाँको चिनो तथा गिफ्ट ह्याम्पियर बाँडेको थियो ।


स्थापनाको पहिलो वर्षमै अपाचे ओनर्स ग्रुपले देशभरबाट ३००० भन्दा बढी सदस्यहरू बटुल्न सफल भएको छ र हालसम्म च्याप्टर र मार्शल राइड गरि ४२ वटा राइडहरु सफलतापूर्वक सञ्चालन गरिसकेको छ । त्यस मध्ये चित्लाङ्ग सम्मको नाइट राइड र ७००० किलोमिटर लामो अन्तर्राष्ट्रिय राइड पनि रहेको छ । एओजी, बाइकिब कल्चर प्रवर्धनकै निम्ति नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले गठन गरेको एक ग्रुप हो । कम्पनीले एओजी राइडमा सहभागी राइडर्सको गु्रप च्याटपनि भाइबर मार्फत स्थापना गरेको छ । सो च्याटमा आफ्नो बाइक वा राइड सम्बन्धी कुनैपनि समस्या पर्दा सहजै समाधान प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । बाइकिबबाट समाजिक कार्यमा सहयोग पुर्याउने र युवाहरुलाई एक अर्कासँग जोड्ने एक प्रभावकारी समुहका रुपमा टिभिएसले अपाचे ओनर्स ग्रुप (एओजी) लाई विगतको एक वर्ष देखि अघि बढाइरहेको छ ।


स्थापना काल देखिनै यस ग्रुपले विभिन्न आकर्षक र मनोरञ्जनात्मक कार्यक्रमहरू मार्फत युवाहरुको बाइकिब प्रतिको लगावलाई प्रोत्साहन दिँदै सामाजिक कार्यहरुमा पनि संलग्न रहँदै आएको छ । जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टिभिएसका दुई पाब्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

प्रतिकृया