• 9:17 am

विमानस्थलमा भिड बढेपछि प्राधिकरणले भन्यो : एक यात्रुको स्वागत र विदाईमा बढीमा ३ जना मात्र आउनु

प्रकाशित मिति

२०८० असार १२ गते, मंगलवार ०१:५९

१२ असार २०८०, काठमाडौँ: नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिडभाड नर्गन भन्दै सूचना जारी गरेको छ। यात्रुलाई विदाई र स्वागत गर्न आउँदा बढीमा ३ जनामात्र आएर सहयोग गर्न प्राधिकरणले अपील गरेको छ।


धेरै संख्यामा मानिस आउने क्रम बढेपछि विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ पुगेको भन्दै प्राधिकरणले सीमित संख्यामा मानिस आउन अनुरोध गरेको हो ।


प्राधिकरणले भिडभाडका कारण प्यासेन्जर ड्रप एरियामा दुर्घटनाको जोखिम भएको र यात्रुहरुको सहज आवतजावतमा समेत अवरोध सिर्जना भएको जनाएको छ। त्यसैले यस्ता समस्यालाई मध्यनजर गर्दै यात्रुको विदाई र स्वागत गर्न आउने आफन्तको प्रवेशलाई न्यूनिकरण गर्नुपर्ने आवश्यक देखिएको भन्दै प्राधिकरणले बढीमा ३ जनामात्रै विमानस्थलमा आउन अनुरोध गरेको हो।

प्रतिकृया