• 3:26 am

एनआरएनए नर्थ क्यारोलिनाका अध्यक्षका आकांक्षी सुधन थापाद्धारा मृगौला रोगीलाई आर्थिक सहयोग

प्रकाशित मिति

२०८० असार १२ गते, मंगलवार ०१:४८

१२ असार २०८०, काठमाडौँ : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अन्तर्गत अमेरिकास्थित नर्थ क्यारोलिनाका अध्यक्षका आकांक्षी सुधन थापाले मृगौला रोगी दिनेश खत्रीलाई रु १ लाख ५८ हजार आठ सय सहयोग गर्नुभएको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि ट्रान्सप्लान्टको लागि सहयोग खोजीरहेका काठमाडौं तारकेश्वरका युवा दिनेश खत्रीलाई अमेरिकाको नर्थ क्यारोलिना मोरिसभिल निबासी सुधन थापाको संयोजकत्वमा उक्त रकम दाताहरुसँग जुटाएर सहयोग गरिएको हो ।


थापाले यस अघि नै नर्थ क्यारोलिनाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ । समुदायमा लोकप्रिय ब्यक्तित्व मानिने थापाले आफु च्याप्टर अध्यक्षमा आकांक्षी रहेको र काम गर्न समेत उत्साही रहेको बताउनुभयो ।


थापाले सामाजिक संजाल मार्फत उम्मेदवारी घोषणा गर्दै बिगतदेखि नै सामाजिक काममा सकृय रहेको र आगामी दिनमा पनि समाज सेवामा सकृय रहने मनसायका साथ उम्मेदवारी दिने घोषणा गरेको उल्लेख गर्नुभयो । हाल पारिवारिक कामको शिलशिलामा नेपालमा रहेका थापाले अमेरिका फर्केर आफ्ना एजेण्डाबारे थप प्रकाश पार्ने बताउनुभएको छ ।


प्रबासमा रहेका नेपालीहरूको हक हित र अधिकारका लागि सशक्त आवाज उठाउन र हरेक नेपालीलाई एन आर एन संग जोड्ने तथा सबै नेपालीको आबद्धता हुने गरी राजनीति मुक्त साझा संस्था बनाउने अभियानमा लाग्ने उहाँको प्रतिबद्धता रहेको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन जुलाई १६ र १७ तारिकमा हुँदैछ ।

प्रतिकृया