• ३ असोज २०८३, शनिबार
  • १ः४१ दिउँसो

चट्याङ लागेर छोरा–छोरीको मृत्यु, आमा घाइते

प्रकाशित मिति

२०८० असार १० गते, आईतवार ११:११

१० असार २०८०, काठमाडौँ: ढोरपाटन– बागलुङमा चट्याङ लागेर २ जना बालबालिकाको मृत्यु भएको छ। जिल्लाको बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ५ पाखापानीमा चट्याङ लागेर २ जना बालबालिकाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।

National Life

शनिबार राति वर्षासँगै परेको चट्याङ लागेर ढोरपाटन नगरपालिका– ५ पाखापानीका चित्र बहादुर विकका ६ वर्षीय छोरा दिनेश विक र ९ वर्षीय छोरी सुनिता विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिएका छन्।


चट्याङबाट बच्चाहरूको आमा यमकुमारी विक घाइते भएकी छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भइरहेको छ। चट्याङले घर नजिकै बाँधेको भैँसी पनि मरेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया