काठमाडौंका हलमा आजदेखि हिन्दी फिल्म निषेध
प्रकाशित मिति
२०८० असार ४ गते, सोमबार ०७:५९
४ असार २०८०, काठमाडौँ : काठमाडौं महानगरपालिकाले आज सोमबारदेखि सबै हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबारदेखि निषेध गर्ने बताएका हुन् ।
भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक वाक्य नहटाएको भन्दै महानगरका प्रमुख बालेन साहले हिन्दी फिल्म प्रदर्शनन रोक्ने निर्णय गरेका हुन्। साहले नगर प्रहरी खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन्।
‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूति माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’, शाहले भनेका छन् ।







प्रतिकृया