• 4:08 pm

यौन दुर्व्यवहारको आरोपमा मदन राई पक्राउ

प्रकाशित मिति

२०८० बैशाख २९ गते, शुक्रबार ०३:२८

२९ वैशाख २०८०, काठमाडौँ : यौन दुर्व्यवहारको आरोपमा खोटाङका डा.मदन राई पक्राउ परेका छन् । कृषि विज्ञ समेत रहेका राईलाई खोटाङबाट पक्राउ गरिएको जानकारी दिए ।


७५ वर्षीय मदनले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।


राईलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट शुक्रबार पक्राउ गरिएको डीएसपी मुकारुङको भनाइ छ । राईमाथि आफै सञ्चालन गरेको फाउन्डेसनमा रहेका बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

प्रतिकृया