• ९ असोज २०८३, शुक्रबार
  • १०ः२६ राती

प्रभु बैंक लिमिटेड र सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर बिच छुट प्रदान गर्ने सम्झौता

प्रकाशित मिति

२०८० बैशाख १२ गते, मंगलवार १०:३५

१२ वैशाख २०८०, काठमाडौँ : प्रभु बैंक लिमिटेड र धनगढी– ०२, कैलाली स्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्यालय प्रमुख नगेन्द्र रत्न कोइराला र सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फबाट अध्यक्ष श्री दिनेश राज जैसीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

National Life

प्रभु बैंक र सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरद्धारा सञ्चालित ओ।पि।डी परीक्षण सेवामा १५ प्रतिशत, साथै प्याथोलोजी, एक्स्–रे, यु।एस्।जी, एन्डोस्कोपी, नर्मल बेड, एच्।डी।यु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयु-एन्आइसीयु सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । प्रभु बैंकका ग्राहक महानुभावहरुले ५ प्रतिशत छुट फार्मेसीबाट पाउनुहुनेछ ।


उक्त सम्झौता अन्तर्गत सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया