• ९ असोज २०८३, शुक्रबार
  • १०ः५६ राती

नबिलले बैंकले ल्यायो पहिलो पटक लाइफटाइम फ्रीक्रेडिट कार्ड

प्रकाशित मिति

२०८० बैशाख १२ गते, मंगलवार १०:२७

१२ वैशाख २०८०, काठमाडौँ : नबिल बैंक लिमिटेडले ’नबिललाइफ टाइम फ्रीक्रेडिट कार्ड’ बजारमा ल्याएको छ। बैंकले आफ्नाग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्रीक्रेडिट कार्ड ल्याएको हो। यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनिवार्षिक शुल्क, नवीकरण शुल्कवाअन्यशुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ।यस कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिलतिर्न र नगदझिक्ने सबै सुविधाहरू प्राप्तगर्न सक्ने उल्लेख गरिएको छ।

National Life

यो कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधालिन सहयोग पुग्ने बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन्। ’हामीहाम्रो लाइफ टाइम फ्रीक्रेडिट कार्ड सुरु गर्न पाउँदाउत्साहित छौँ र यो कार्डले हाम्राग्राहकहरूलाई पहिले भन्दा सजिलो र सस्तो सुविधाप्रदानगर्नेमाहामीविश्वस्त छौँ,”उनले भनिन्।


नबिल बैंकका नयाँ र विद्यमान खाता भएका ग्राहकहरूले यो कार्डका लागि आवेदनदिन सक्नेछन् । कार्डका लागि आवेदन दिन ग्राहकहरूले नबिल बैंकको वेबसाइटमा गएर वा देश भरका २५६ शाखाहरू मध्ये कुनै पनि शाखामा सम्पर्क गर्न सक्नेछन् । यो योजना सिमीत अवधिका लागि मात्र लागु हुने बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया