कोरोना देखिए ७ दिनसम्म आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयकाे आग्रह
प्रकाशित मिति
२०८० बैशाख ६ गते, बुधबार ०१:३१
६ वैशाख २०८०, काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।
सात दिनसम्म आइसोलेसनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ ।

मन्त्रालयले आइसोलेसनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।

Related
Recent News
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
- नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त
- विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
- नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग
- ग्लोबल आईएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण
- बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग
- बाढीपीडितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सको रु. ६० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया