• १२:११ २०८० फाल्गुन ११ गते
  • 12:11 pm

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै, के छन् एजेन्डा?

प्रकाशित मिति

२०७९ चैत्र १ गते, बुधबार ०८:३५

bp

चैत १, २०७९, काठमाडौँ: नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबारका लागि बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।


बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।


आसन्न उपराष्ट्रपति निर्वाचन, चितवन-२ र तनहुँ-१ मा हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

प्रतिकृया