संघर्ष समिति नेपालले वित्तीय समस्या समाधानको माग गर्दै राष्ट्र बैंक अगाडि प्रदर्शन
प्रकाशित मिति
२०७९ फाल्गुन २९ गते, सोमबार १२:३९
२९ फागुन २०७९, काठमाडौँ: बैंक तथा वित्तीय समस्या संघर्ष समिति नेपालले बैंक तथा वित्तीय समस्या समाधानको माग गर्दै सोमबार विरोध कार्यक्रम गरेको छ। संघर्ष समितिले आज बिहान ११ बजे बालुवाटार स्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय अगाडि पुगेर विरोध प्रदर्शन गरेको हो। पछिल्लो समय बैंङ्किङ समस्या धेरै भएका कारण आफूहरूलाई गरिखान गाह्रो भएको भन्दै ब्याजदर घटाउन उनीहरूको माग छ ।
हिजाे आइतबार राजधानीको माइतीघर मण्डलामा देशभरका ४७ संघ संगठनहरुले सरकार तथा राष्ट्र बैंक र बैंक वित्तीय संस्थाको ध्यानाकर्षण गराउँदै शान्तीपुर्ण बिरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उद्योगी व्यवसायीले कालो पृष्ठभूमीको प्लेकार्डमा चर्को व्याजदर नियन्त्रण गर्नुपर्ने, प्रिमियम दर वृद्धि नियन्त्रण गर्नुपर्ने, चालु पुँजी कर्जा मार्गदर्शन खारेज गर्नुपर्ने लगायतका नारा सहित प्रदर्शन गरेका थिए ।
बैंक वित्तीय संस्थाको व्याजदर तथा बैंक वित्तीय संस्थाले आफुखुसी निर्धारण गर्ने प्रिमियम दरका कारण उद्योग धरासायी भएको भन्दै बैंक वित्तीय समस्या संघर्ष समिति नेपाल गठन गरी उनीहरुले बिरोध सुरु गरेका हुन् । उद्योगी व्यवसायीहरुले सरकारसँग वार्ता गरी समस्या समाधान गर्न पहल गर्ने र त्यसले सफलता नपाए शशक्त आन्दोलनका कार्यक्रमलाई अघि बढाउने समितिका जनाएकाे थियाे ।







प्रतिकृया