प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता
प्रकाशित मिति
२०७९ फाल्गुन २३ गते, मंगलवार १२:५४

२३ फागुन २०७९, काठमाडौँ: माओवादी धारका पूर्वनेताहरूको बैठक बसेर प्रतिवाद गर्ने निर्णय सार्वजनिक भएको एक घण्टा नबित्दै १० वर्ष लामो द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई ०७९ –९४७ नम्बरमा दर्ता गरेको हो । रिट दर्ता भएपछि सर्वोच्च अदालतले बुधबार लाई पेसीसमेत तोकिदिएको छ ।
उक्त रिटलाई लिएर मंगलबार बिहानै तत्कालीन १० वर्षे सशस्त्र संघर्षमा होमिएका माओवादी नेताहरूको बैठकलगत्तै सर्वोच्चमा दर्ता गरिएको हो ।
प्रचण्डले तीन वर्षअघि दिएको अभिव्यक्तिविरुद्धको रिट सर्वोच्चमा दर्ता अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन मागसहित दिएको रिट निवेदन सर्वोच्चमा हालेका थिए। सुरुमा दरपिठ भएको यो मुद्दालाई सर्वोच्चको इजलासले शुक्रबार दर्ता आदेश दिएको थियो ।
प्रतिकृया