• १० असोज २०८३, शनिबार
  • १२ः५० राती

दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया पक्राउ

प्रकाशित मिति

२०७९ फाल्गुन १५ गते, सोमबार ०३:५९

१५ फागुन २०७९, काठमाडौँ: दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया पक्राउ परेका छन् । मदिरा घोटाला प्रकरणमा उनलाई सेन्ट्रल ब्यूरो अफ इन्भेष्टिगेसन (सीबीआई)ले सोमबार पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

National Life

सीबीआईले शुक्रबार उनीसँग ८ घण्टा सोधपुछ गरेको थियो। सिसोदियामाथि मदिरा घोटाला प्रकरणसँग जोडिएका महत्वपूर्ण प्रमाण नष्ट गरेको आरोप छ । उनलाई आजै अदालतसमक्ष पेश गरिएको छ। उनीमाथि छानबिनका लागि सीबीआईले अदालतबाट अनुमति लिनेछ ।


सिसोदिया पक्राउ परेसँगै भारतको राजधानी दिल्ली तनावग्रस्त बनेको छ। आम आदमी पार्टीका कार्यकर्ताले दिल्लीसहित विभिन्न सहरहरुमा अहिले प्रदर्शन गरिरहेका छन् । सन् २०२२ जुलाईमा दिल्लीका उपराज्यपाल वीके सक्सेनाले सिसोदियाविरुद्ध सीबीआईले जाँच गर्नुपर्ने माग गरेका थिए। सिसोदियाले नियम उल्लंघन गरेर भ्रष्टाचार गरेको उनले आरोप लगाएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया