• १८:३५ २०८० चैत्र १६ गते
  • 6:35 pm

स्वर्गीय भरतलाल श्रेष्ठको साताैं वार्षिक पून्यतिथिका सन्दर्भमा बृहत् रक्तदान कार्यक्रम

प्रकाशित मिति

२०७९ फाल्गुन ४ गते, बिहीबार ०२:४९

20230215 122041 01 scaled e1676538292848

४ फागुन २०७९, काठमाडौँ:  सञ्चार उद्यमी एवम् वरिष्ठ समाजसेवी स्वर्गीय भरतलाल श्रेष्ठको साताैं वार्षिक पून्यतिथिका सन्दर्भमा आयोजित बृहत् रक्तदान कार्यक्रम बुधबार काठमाडाैंको बसन्तपुरमा सम्पन्न भयो । कामना न्युज पब्लिकेसन्स् प्रालि, लायन्स क्लब अफ नेपाल, द रोलिङ स्टोन्स् स्कुल, विशाल बजार व्यापार संघ, ब्लड डोनर्स एसोसिएसन नेपाल, स्यस्यः समाज, लायन्स क्लब अफ काठमाडौं विशाल बजार, लियो क्लब अफ काठमाडौं विशाल बजारलगायतका संस्थाको संयुक्त आयोजना तथा कान्तिपुर अस्पतालको प्राविधिक सहयोग उक्त रक्तदान कार्यक्रम गरिएको थियो ।



स्वर्गीय भरतलाल श्रेष्ठको स्मृतिमा हरेक वर्ष फागुन ३ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गरिँदै आएको छ । स्वर्गीय श्रेष्ठ कामना न्युज पब्लिकेसन्स् प्रालिका संस्थापक अध्यक्ष, लायन्स क्लब अफ नेपालका पूर्वडिस्ट्रिक गभर्नर, द रोलिङ स्टोन्स् स्कुलका संस्थापक अध्यक्ष, विशाल बजार व्यापार संघका संस्थापक अध्यक्ष र विशाल बजार कम्पनीका पूर्वअध्यक्ष हुनुहुन्थ्यो।त्यस्तै उहाँले स्यस्यः समाजको संस्थापक अध्यक्ष, लायन्स क्लब अफ काठमाडौं विशाल बजारको संस्थापक अध्यक्षलगायतका संघसंस्थामा आबद्ध भई सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएको थियो ।



स्वर्गीय भरतलाल श्रेष्ठले विभिन्न संघ संस्थामार्फत् सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदानको सम्झना गर्दै उहाँप्रति सम्मान प्रकट गर्न हरेक वर्ष रक्तदान कार्यक्रम गरिँदै आएको छ । सो रक्तदान कार्यक्रममा सामाजिक क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानको चर्चा समेत गरिएको थियो ।



उल्लेख्य रक्तदाताहरूको सहभागिता रहेको सो कार्यक्रमका सहभागी रक्तदाताहरूलाई मिडिया एलायन्स्का अध्यक्ष भाष्करराज राजकर्णिकार, कामना न्युज पब्लिकेसन्स् प्रालिका प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठ, लायन्स क्लब अफ नेपालका गभर्नर मनिश्री बज्रचार्य, विशाल बजार व्यापार संघका अध्यक्ष नरेन्द्र गुप्ता, रोलिङ स्टोन्स् स्कुलका अध्यक्ष सुनीलकृष्ण श्रेष्ठलगायतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिकृया