• १८ भदौ २०८३, बिहीबार
  • ११ः२५ राती

सानिमा मिडिल तमोरको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

प्रकाशित मिति

२०७९ माघ १९ गते, बिहीबार ११:५६

१९ माघ २०७९, काठमाडौँ: सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा आवेदन दिन बिहीबार अन्तिमदिन रहेकाे छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूले आज माघ १९ गते कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।


सानिमा मिडिल तमोरले माघ ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरु र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट आइपीओमा आवेदन लिने कार्य भने माघ १८ गतेदेखि नै बन्द भइसकेको छ ।

Kamana Sewa

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३३ लाख ३२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको छ। जसमध्ये आयोजना अति प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि १३ लाख ३३ हजार कित्ता छुट्याएको छ। यसमा आवेदकहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

Classic Tech Desktop

आयोजना अति प्रभावित क्षेत्रमा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुन गाउँपालिका वडा नं १, मिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला वडा नं १ परेका छन् ।

प्रतिकृया