• १८ भदौ २०८३, बिहीबार
  • ९ः५९ राती

रवि लामिछानेले पाए नेपालकाे नयाँ नागरिकता

प्रकाशित मिति

२०७९ माघ १५ गते, आईतवार ०२:१६

१५ माघ २०७९, काठमाडौँ: रवि लामिछानेले नेपालकाे नयाँ नागरिकता लिएका छन् । उनले आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नयाँ नागरिकता लिएका हुन् । सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि मन्त्री, सांसद र पार्टी सभापति पद एकसाथ गुमाएका लामिछाने नयाँ नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।


लामिछानेले नागरिकता नहुँदा उपप्रधान एवं गृहमन्त्रीदेखि पार्टीको प्रमुखसमेत गुमाउनु परेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सभापति रहेका रविले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेको र पछि अमेरिकी नागरिकता त्यागेर पनि नेपाली नागरिकता पुन प्राप्तिका लागि प्रक्रिया नै नथाल्दा उनको पद गएको हो ।

Kamana Sewa

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको र सोही नागरिकता देखाएर चुनाव जितेकाले उनको सांसद पद खारेज गरिपाउँ भन्ने मुद्दामा उनी दोषी देखिएका थिए ।

Classic Tech Desktop

यस मुद्दामा गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो । अदालतको फैसलापछि लामिछानेले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पदबाट राजीनामा दिएका थिए । गत मंसिर ४ गतेको निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

प्रतिकृया