• १८ भदौ २०८३, बिहीबार
  • ११ः२५ राती

अखिल क्रान्तिकारीले सुरु गर्यो स्ववियु कार्यशाला

प्रकाशित मिति

२०७९ माघ १५ गते, आईतवार १०:२५

१५ माघ, २०७९, काठमाडौँ: अखिल क्रान्तिकारीले स्ववियु चुनाव सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । केन्द्रीय समितिको निर्णयअनुसार उपत्यका विशेष प्रदेश समितिले शनिबार काठमाडौँमा कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य हिमाल शर्माको प्रमुख अतिथि र संगठनका अध्यक्ष पञ्चा सिंहको विशेष रहनुभएको थियो ।


कार्यक्रमलाई सम्बोधान गर्दै शर्माले स्ववियुमा उमेर हद अखिल क्रान्तिकारीको नेतृत्वमा लागेको बताउनुभयो । एकढिका भएर स्ववियु चुनावमा होमिन सम्पूर्ण नेता कार्यकताहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले अखिल क्रान्तिकारीभित्र देखा परेका अराजनीतिक गतिविधिहरुलाई स्थान दिन नहुने समेत बताउनुभयो । संगठनका अध्यक्ष सिंहले आफूहरुको सम्पूर्ण ध्यान स्ववियु चुनाव केन्द्रीत रहेको बताउँदै केन्द्रीय परिपत्रअनुसार सम्पूर्ण शक्ति क्याम्पसहरुमा केन्द्रीत गरेर अगाडि बढ्न निर्देशन दिनुभयो।

Kamana Sewa

उपाध्यक्ष मिलन एमसी स्ववियु चुनावमा श्रेष्ठता हासिल गर्न सम्पूर्ण शक्ति एक भएर लाग्नुपर्ने बेला आएको बताउनुभयो । त्यस्तै, उपाध्यक्ष राजकुमार एक्सो लिम्बुले अखिल क्रान्तिकारीको गौरवपूर्ण बिरासत जोगाउन पनि स्ववियु चुनाव जित्नुपर्ने जिम्ेमवारी आएको बताउनुभयो । त्यसैगरी संगठनका महासचिव दिपेश पुनले सबै क्याम्पसहरुमा स्ववियु चुनाव सम्पन्न गर्ने र विजयी हुने दायीत्व अखिल क्रान्तिकारीको काँधमा आएको बताउनुभयो ।

Classic Tech Desktop

कार्यक्रममा संगठनका सचिव प्रसुन कार्की, बाबुराम नेपाली, विशेष प्रदेशका अध्यक्ष संजिव रेग्मीले कार्यशालालाई सम्बोधन गर्नुभएको थियो । अखिल क्रान्तिकारीले यही माघ १५ गते कर्णाली, १६ गते सुदूरपश्चिम, १७ गते लुम्बिनी, १८ गते बागमती, १९ गते मधेस, २० गते १ नम्बर प्रदेशमा कार्यशाला गर्ने निर्णय गरेको छ ।

प्रतिकृया