• २३ भदौ २०८३, मंगलबार
  • ६ः४६ बेलुका

पोखरा महोत्सवः १० करोडको कारोबार

प्रकाशित मिति

२०७९ माघ ११ गते, बुधबार ०१:४३

११ माघ २०७९, पोखरा : पोखरास्थित युनाइटेड क्लबद्वारा अमरसिंह खेलमैदानमा आयोजित १३औँ संस्करणको पोखरा महोत्सव रु १० करोडको कारोबार गर्दै सम्पन्न भएको छ ।

National Life

गत पुस २७ गतेदेखि माघ १० गतेसम्म सञ्चालन भएको महोत्सवमा दुई लाख ५० हजार दर्शकले अवलोकन गर्नाका साथै स्टलमा राखिएका विभिन्न सामग्री खरिदबिक्रीबाट रु १० करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।


गण्डकी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, चिडियाखाना निर्माण, सेती नदीलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने तथा शिक्षा, स्वास्थ्य र खेलकुदको विकास गर्ने लक्ष्यका साथ क्लबले महोत्सव गर्दै आएको अर्थ व्यवस्थापन समितिका संयोजक सूर्यबहादुर बानियाँले जानकारी दिए । महोत्सवस्थलबाट लेखनाथस्थित पँचभैयामा निर्माणाधीन चिडियाखाना अध्ययन अवलोकनका लागि निःशुल्क बस सेवाको व्यवस्था गरिएको थियो । सो अवधिमा आठसयभन्दा बढी दर्शकले सेवा लिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

महोत्सवको अर्को आकर्षण घोडचडी थियो । यसबाट पाँच सय जनाले घोडसवारको मज्जा लिनुका साथै एक हजार पाँच सय बालबालिकाले भिआर नाइनडीको मज्जा लिएका थिए । कास्की निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले महोत्सव समापन समारोहमा युनाइटेड क्लबले महोत्सवको माध्यमबाट सामाजिक सेवामा पुर्‍याएको योगदानको उच्च कदर गर्दै यस्ता कार्यको अन्य सङ्घ संस्थाले पनि अनुशरण गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया