• 1:53 am

अफगानिस्तानमा पूर्व महिला सांसद र उनका सुरक्षा गार्डको गोली हानी हत्या

प्रकाशित मिति

२०७९ माघ २ गते, सोमबार ११:३९

२ माघ २०७९, एजेन्सी: अफगानिस्तानका पूर्व सांसद र उनका सुरक्षा गार्डको काबुलस्थित आफ्नै निवासमा गोली हानी हत्या गरिएको छ । ३२ वर्षीया मुर्सल नबिजादा अगस्ट २०२१ मा तबिलान फर्किएपछि पनि देश नछाडेका महिला सांसदहरूमध्येकी एक हुन् ।


आइतबार भएको आक्रमणमा उनका भाइ र अन्य सुरक्षाकर्मी पनि घाइते भएका थिए । अफगानिस्तानमा तालिवानको पुनरागमन भएदेखि, महिलाहरूलाई सबै प्रकारका सार्वजनिक जीवनबाट पूर रूपमा हटाइएको थियो ।


काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले सुरक्षा बलले घटनाको गम्भीरताका साथ अनुसन्धान सुरु गरेको जानकारी दिएका छन् । नाबिजा सन् २०१८ मा पूर्वी प्रान्त दानानगरबाट संसदमा निर्वाचित भएकी थिइन् । उनी संसदीय रक्षा आयोगको सदस्य थिइन् र मानव संसाधन विकास संस्थानमा काम गर्थिन् ।

प्रतिकृया