अफगानिस्तानमा पूर्व महिला सांसद र उनका सुरक्षा गार्डको गोली हानी हत्या
प्रकाशित मिति
२०७९ माघ २ गते, सोमबार ११:३९
२ माघ २०७९, एजेन्सी: अफगानिस्तानका पूर्व सांसद र उनका सुरक्षा गार्डको काबुलस्थित आफ्नै निवासमा गोली हानी हत्या गरिएको छ । ३२ वर्षीया मुर्सल नबिजादा अगस्ट २०२१ मा तबिलान फर्किएपछि पनि देश नछाडेका महिला सांसदहरूमध्येकी एक हुन् ।
आइतबार भएको आक्रमणमा उनका भाइ र अन्य सुरक्षाकर्मी पनि घाइते भएका थिए । अफगानिस्तानमा तालिवानको पुनरागमन भएदेखि, महिलाहरूलाई सबै प्रकारका सार्वजनिक जीवनबाट पूर रूपमा हटाइएको थियो ।
काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले सुरक्षा बलले घटनाको गम्भीरताका साथ अनुसन्धान सुरु गरेको जानकारी दिएका छन् । नाबिजा सन् २०१८ मा पूर्वी प्रान्त दानानगरबाट संसदमा निर्वाचित भएकी थिइन् । उनी संसदीय रक्षा आयोगको सदस्य थिइन् र मानव संसाधन विकास संस्थानमा काम गर्थिन् ।
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया