• 1:18 pm

महालक्ष्मी विकास बैंक लि. का ग्राहकहरूलाई हिम इलेक्ट्रोनिक्स प्रा लि.(SAMSUNG PLAZA) मा विशेष छुट

प्रकाशित मिति

January 12, 2023

२८ पुष, २०७९, काठमाडौँ: महालक्ष्मी विकास बैंक लिमिटेडले इलेक्ट्रोनिक्स क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ नक्साल, काठमाडौंमा अवस्थित हिम इलेक्ट्रोनिक्स प्रा लि.(Samsung Plaza)सँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरूले.(Samsung Digital Plaza)का दरबारमार्ग, बानेश्वर, बौद्ध (चुचेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरु मार्फत विभिन्न विद्युतीय सामाग्रीहरूको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।


बैंकका ग्राहकहरूले (Samsung Plaza) बाट(Consumer Electronics)हरूको खरिदमा १५% र Mobile Phone को खरिदमा ५% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । आज मिति २०७९ पुस २८ गते सम्झौता पत्रमा कम्पनिका तर्फबाट प्लाजा प्रबन्धक श्री निकिता शर्माले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख श्री बसन्त बक्सीले हस्ताक्षर गर्नु भएको हो ।


यस किसिमको सहकार्यबाट विद्युतीय सामाग्रीहरुको प्रयोगमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रतिकृया