• 10:44 am

प्रचण्ड सरकारमा सहभागि हुँदै रञ्जिता

प्रकाशित मिति

२०८१ जेष्ठ ४ गते, शुक्रबार १२:४०

जेठ ४, २०८१ काठमाडौँ: नागरिक उन्मुक्ति पार्टी (नाउपा) संघीय र प्रदेश सरकारमा जाने भएको छ । नाउपा दुई चिरामा विभाजित भएपछि अध्यक्ष रञ्जिता श्रेष्ठको पक्ष सरकारमा जाने भएको हो ।

पार्टी संरक्षक रेशम चौधरी पक्षले विरोध जनाउँदै आए पनि रञ्जिता पक्ष भने जाने निर्णयमा पुगेकाे हाे । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नाउपाको रञ्जिता पक्ष सरकारमा जाने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा नाउपाको अध्यक्ष रञ्जितासहितको नेताहरूले जेठ ७ विश्वसको मत दिने र सरकारमा जाने विषयमा कुराकानी भएको एक नेताले बताए ।

अहिले संघीय सरकारमा कुनै मन्त्रालय खाली नभएकाले प्रधानमन्त्रीले कुन मन्त्रालय दिने र कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल अगाडि बढाएका छन् ।

प्रतिकृया