• 12:19 pm

प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेको छलफल जारी

प्रकाशित मिति

२०८१ जेष्ठ ४ गते, शुक्रबार ११:३५

जेठ ४, २०८१ काठमाडौँ: सभामुख देवराज देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा सभामुख घिमिरेले सदनको गतिरोध अन्त्यका विषयमा छलफल गरिरहेका हुन् ।

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच धकेला–धकेल भएको थियो ।

शुक्रबार बोलाइएको बैठक बस्नुअघि सभामुख घिमिरेले सहमतिको प्रयास गरेका हुन् । यसअघि शुक्रबार बिहान बसेको कांग्रेसको बैठकले आफ्नो अडान यथावत राख्ने निर्णय गरेको छ ।

प्रतिकृया