विपक्षी दलको संयुक्त बैठकले सुरु हुन सकेन प्रतिनिधिसभा बैठक
प्रकाशित मिति
२०८१ जेष्ठ ४ गते, शुक्रबार ०१:०४
जेठ ४, २०८१ काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आह्वान गरेको विपक्षी दलहरूको बैठकले प्रतिनिधिसभा बैठक सुरू हुन सकेको छैन। संघीय संसद भवन नयाँ बानेश्वमा बिहान ११ बजे बस्ने तय भएको बैठक १२ बजिसक्दा पनि सुरू हुन नसकेको हो।
अहिले संसद भवनमा नै कांग्रेससहित संसदमा रहेका विपक्षी दलहरूको बैठक जारी छ। बैठकमा आजको संसद बैठकमा प्रस्तुत हुने रणनीति तय हुने जनाइएको छ।
हिजो बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोधका क्रममा सत्तापक्षका सांसदसँग ‘धकेलाधकेल’को स्थिती आएको थियो।
कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), जनता समाजवादी पार्टी(जसपा), नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपाल मजदुर किसान पार्टी( नेमकिपा), राष्ट्रिय जनमोर्चालगायतका नेताहरूसँग छलफल गरिरहेका छन्।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी प्रकरणको संसदीय छानविन समिति बनाएर अध्ययन र छानबिन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले लगातार सदन अवरुद्ध गर्दै आएको छ।
प्रतिकृया