सन्दीपको पुनरावेदनमा सुनुवाइ जारी
प्रकाशित मिति
२०७९ पुष २८ गते, बिहीबार ०५:१५

२९ पुस २०७९, काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनमा पाटन उच्च अदालतमा सुनुवाइ जारी छ । उनको मुद्दामा अधिवक्ताहरु शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गरेका छन्। सन्दीप नाबालिग बलात्कारको मुद्दामा पुर्पक्ष थुनामा छन्। काठमाडौँ जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका हुन्।
यसअघि ३ पटक पेशी चढे पनि सुनवाइ हुन नसकेको पुनरावेदनमा बिहीबार भने सुनुवाइ भएको हो। उनको मुद्दाको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा भइरहेको छ। आजै उनको मुद्दामा आदेश आउने सम्भावना रहेको छ।
उच्च अदालतले जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेमा उनी अन्तिम फैसला नहुँदासम्म जेलमा नै बस्ने छन्। अदालतले धरौटी या तारेखमा छोड्ने फैसला गरेमा उनी थुनामुक्त भएर अन्तिम मुद्दा लड्ने छन्। गत कार्तिक १८ गते काठमाडौँ जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो।असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।
प्रतिकृया