ट्राफिक प्रहरीले हर्न बजाउने १०७ जना चालक कारवाही
प्रकाशित मिति
२०७९ पुष २६ गते, मंगलवार १२:२०
२६ पुष, २०७९, काठमाडौँ: हर्न बजाएर ध्वनी प्रदुषण गर्ने १०७ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । काठमाडौँ उपत्यकामा सोमबार गरिएको विशेष चेकिङको क्रममा चालकहरु कार्वाहीमा परेका हुन्। २०७४ वैशाख १ गते देखि नै काठमाण्डौ उपत्यकामा हर्न निषेध गरीएतापनि पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारवाहीलाई तिव्रता दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ।
ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गइ हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा समेत कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउन हुन प्रवक्ता भट्टले सम्पुर्ण चालकलाई अनुरोध समेत गर्नु भएको छ ।





प्रतिकृया