• २३ भदौ २०८३, मंगलबार
  • ६ः११ बेलुका

सुनको मूल्य बढेर १ लाख ३ हजार नजिक, चाँदीको मूल्य भने घट्यो

प्रकाशित मिति

२०७९ पुष २० गते, बुधबार ११:२७

२० पुस २०७९, काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागिरहेको छ । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ३ हजार नजिक अर्थात १ लाख २ हजार ९ सय रुपैयाँ पुगेको हो । मंगलबार नेपाली बजारमा सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

National Life

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मंगलबारको तुलनामा १० रुपैयाँले कम हो ।

प्रतिकृया