• १७ भदौ २०८३, बुधबार
  • ५ः४५ बेलुका

नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम

प्रकाशित मिति

२०७९ पुष ६ गते, बुधबार ०३:४३

६ पुस २०७९, काठमाडौँ: आज (बुधबार) फेरि सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेप्से परिसूचकका साथसाथै काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.८९ अंकले घटेर १८६७.२२ विन्दुमा पुगेकाे छ । नेप्से ०.३१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.३१ अंकले घटेर ३ सय ६५ रूपैयाँ ३४ पैसामा झरेकाे छ ।


कूल २५२ वटा कम्पनीकाे २४ लाख ४० हजार ३ सय ७ कित्ता सेयर खरिदबिक्री हुँदा ८६ करोड ३८ लाख १६ हजार ५ सय ६१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज बैंकिङ्गबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ ।

Kamana Sewa

त्यसैगरी, बुधबार एनआईसी एशिया बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ११ कराेड ८२ लाख ४६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । आज २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आँधिखोला लघुवित्त र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

Classic Tech Desktop

यस दिन पञ्चकन्या माइ हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.२८ प्रतिशतले घटेर एक सय ७६ रूपैयाँ २० पैसामा झरेकाे छ ।

प्रतिकृया