• १८ भदौ २०८३, बिहीबार
  • ८ः१२ राती

पशुपति शमशेरले लिए पद तथा गाेपनीयताकाे शपथ

प्रकाशित मिति

२०७९ पुष ६ गते, बुधबार ०३:२४

६ पुस २०७९, काठमाडौँ: प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य राप्रपाका पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले बुधबार दिउँसाे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।


प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ । सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरू सदस्यलाई शपथ दिलाउनुपर्छ ।

Kamana Sewa

सो व्यवस्थाअनुरूप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित अन्य सदस्यलाई भोलि दिउँसो १ बजे शपथ गराउने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

Classic Tech Desktop

नागरिकताअनुसार, ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मंसिर २४ गते रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।


नेपालको संविधानअनुसार सङ्घीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्छ भन्ने व्यवस्था छ ।


हालै सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा एक सय १० गरी दुई सय ७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।


प्रनिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिकृया