• १७ भदौ २०८३, बुधबार
  • ५ः५१ बेलुका

बैतडीमा शिक्षकको शंकास्पद मृत्युका कारण लगातार यातायात र विद्यालय बन्द

प्रकाशित मिति

२०७९ पुष ६ गते, बुधबार १२:२६

६ पुस २०७९, धनगढी : बैतडीमा शिक्षक मृत्यु प्रकरणले लगातार विद्यालय र यातायात बन्द रहेकाे छ। बैतडीका शिक्षक धनबहादुर विष्टको मृत्यु प्रकरणमा बुधबार पनि यातायात अवरुद्ध र पाटनका विद्यालय बन्द रहेका छन्।


घटनाकाे सत्यतथ्य छानबीनको माग गर्दै आज पनि थप आन्दोलन चर्किएको छ। मंगलबार गठन भएको संघर्ष समितिले बुधबार बिहानदैखि दशरथचन्द राजमार्ग अवरुद्ध गरेका छन्।

Kamana Sewa

यही पुस २ गते शनिबार पाटनमा मृत फेला परेका शिक्षक विष्टको हत्या भएको परिवारजनकाे आशंका छ।

Classic Tech Desktop

पुष १ गते एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका विष्ट पुस २ गते मृत अवस्थामा फेला परेका थिए। सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक विष्ट कृष्ण मावि पाटनमा कार्यरत थिए।


शिक्षक विष्टको भवितव्य मृत्यु नभइ हत्या गरिएको भन्दै संघर्ष समितिले चाँडो दोषी पत्ता लगाउन आग्रह गरिरहेको छ। मृतकका आफन्तले अझै पनि शव बुझेका छैनन्।

प्रतिकृया