ओपेक प्लसले कच्चा तेल उत्पादनमा हालको कोटालाई यथावत राख्ने
प्रकाशित मिति
२०७९ मंसिर १९ गते, सोमबार ०३:२१
१९ मंसिर २०७९, काठमाडौँ : ओपेक प्लसको अर्को बैठक फेब्रुअरीमा मात्रै बस्ने निर्णय समेत भएकाले त्यसयता हालकै परिमाणको कच्चा तेल उत्पादनले निरन्तरता पाउने छ । उता युरोपियन युनियन, जी सेभेन मुलुक र अष्ट्रेलियाले रसियाको समुद्री कच्चा तेलको मूल्यमा ‘क्याप’ लगाएका छन् । रसियाले युक्रेनमा आक्रमण गरेपछि युरोपियन मुलुकहरुले रुसको राजस्व आम्दानी घटाउन विभिन्न प्रयास गरिरहेका छन् ।
विश्वमा धेरै तेल उत्पादन गर्ने मुलुकमा रुस दोस्रो ठूलो मुलुक हो । आइतबार मात्रै युरोपियन युनियन र जी सेभेन मुलुकहरुले रसियन कच्चा तेलमा प्रतिब्यारेल ६० अमेरिकी डलरको क्याप लगाएका छन् ।
यद्यपि रसियाले भने मूल्य ‘क्याप’को अर्थ नरहेको प्रतिक्रिया दिएको छ । उसले आफ्नो कच्चा तेलको ठूलो परिमाण चीन र भारतमा बिक्री गर्दै आएको छ । ओपेक प्लसले यसअघिको कटौती परिमाणलाई निरन्तरता दिने र रसियन तेलमा लागेको प्रतिबन्धले विश्व बजारमा कच्चा तेलको मूल्य केही बढ्न सक्ने अनुमान छ । हाल अन्तर्राष्ट्रिय बजारमा डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलर, ब्रेन्टको ८६ डलर तथा मुर्बानको मूल्य ८४ डलर हाराहारीमा छ ।







प्रतिकृया