• ३१ भदौ २०८३, बुधबार
  • १ः३० दिउँसो

नयाँ नेतृत्व पाएसँगै संगठन मजबुत बन्दै गएको र राम्राे नतिजा ल्याउन सफल हुने छ : चिरागमान सिंह कुवँर

प्रकाशित मिति

२०७९ कार्तिक ३० गते, बुधबार ०४:३८

सुमित्रा अधिकारी

National Life

३० कात्तिक २०७९, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवं राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियनका संस्थापक अध्यक्ष समेत रहेका चिरागमान सिंह कुवँर यसपालि राप्रपाको तर्फबाट काठमाडौं क्षेत्र नं ६ को प्रदेश (ख) बाट प्रदेश सांसद पदको उम्मेदवार रहेका छन् । तार्केश्वर नगरपालिका सांग्ला स्थायी घर निवासी चिरागमान सिंह कुँवर लामो समय सम्म मजदूर आन्दोलनमा लागेका थिए । विभिन्न विकास निर्माणका काममा अघि बढ्दै आएका उनले क्षेत्र नं ६ मा विभिन्न विकासका काम गर्न बाँकी रहेकाले अझै बढी काम गर्ने उद्देश्यले राप्रपाबाट प्रदेश संसद निर्वाचनमा आफ्नो उम्मेदवारी दिएको बताउँछन् । झण्डै तीनदशक देखि राप्रपाको राजनीतिमा सक्रिय उनी पार्टीको केन्द्रिय सदस्य समेत रहेका छन् । उनले यस क्षेत्रलाई नमुना क्षेत्र बनाउने उद्देश्य लिएका छन् ।


मातृभूमिन्युजका संवाददाता सुमित्रा अधिकारीसँग कुराकानी गर्दै उनले राप्रपाले अहिले सम्म उचित नतीजा ल्याउन नसक्नुमा पार्टीभित्रको नेतृत्वमा अस्थिरता रहेको बताए । नेतृत्व अस्थिरताकै कारण जनताको विश्वास प्राप्त गर्न नसकेको उनी बताउँछन् । अघि अघिका चुनावमा जनताले उत्साहका साथ निर्वाचित गरेका उम्मेदवार नेतृत्वहरूले समाजमा उचित भूमिका निभाउन नसकेकै कारण संगठन कमजोर रहेको भए पनि अहिले पार्टीले नयाँ नेतृत्व पाएसँगै संगठन बलियो बन्दै गएको उनी बताउँछन् । उनले स्थानीय चुनावको परिणाममा प्रकाश पार्दै त्यतिबेला भर्खरै पार्टीले नयाँ नेतृत्व पाएको र जनताले पर्ख र हेर गरेकै कारण स्थानीय चुनाव भन्दा संसदीय र प्रतिनिधि चुनावमा राप्रपाले उचित नतिजा ल्याउन सफल हुने उनी बताउँछन् । अबको विकल्प भनेको राप्रपा नै हो उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

बहुदलीय व्यवस्थापनको प्रतिनिधि तथा संसदीय निर्वाचनमा स्वतन्त्र उमेदवारीलाई लिएर उनको भनाइ संसदीय हिसावले स्वतन्त्र उम्मेदवारको त्यति महत्वपूर्ण भूमिकामा रहँदैन । पार्टीगत अथवा संस्थागत रूपमा आयो भने केही गर्ने इच्छा पूर्ण हुने तथा राम्रो भूमिका निर्वाह गर्न पाइन्छ । स्थानीयमा स्वतन्त्र उम्मेदवारको निकै राम्रो तथा बलियोे भुमिका रहन्छ तर संसदीय हिसाबले त्यती प्रभावकारी भूमिका निर्वाह गर्न सकिदैन ।


क्षेत्र न ६ का मतदाताले तपाँइलाई नै मतदान गर्नु पर्ने प्रश्नमा उनी भन्दछन्, “हामी राजसंस्था हिन्दु धर्मको पक्षपाती हौँ र यसलाई नै स्थापना गराउने हाम्रो मुल एजेन्डा रहेको छ । ९३% हिन्दु भएका ठाउँमा अहिले मासिंदै गएको कारण यसलाई स्थापित गराउन चाहन्छौ । अहिले जुन राजनीतिक विकृति बढ़ी रहेको छ, पहिल्यै देखि काङ्ग्रेस, एमाले तथा अरु पार्टीले सत्ता चलाए पनि कुनै किसीमको प्रभावकारी भूमिका निभाउन सकेका छैनन् । विकासका कुनै योजना पूर्ण गर्न सकेका छैन । त्यसैले अहिलेको समयमा जनताले नयाँ नेतृत्व खोजेका हुनाले राप्रपा पुरानो पार्टी भए पनि नयाँ नेतृत्वका कारण जनमानसमा विश्वास ल्याएका कारण यस क्षेत्रका मतदाताहरू मलाई विजय गराउन उत्साहीत हुनु हुन्छ र अत्यधिक मतले विजयी गराउँछन् मलाई विश्वास छ ।”


उनको मूल एजेन्डामा उत्तरी भेगमा रहेको यस क्षेत्र महानगरसँग जोडिएता पनि शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधाका लागि महानगर धाउन पर्ने बाध्यता रहेको छ । त्यसैगरी बाटो घाटो अव्यवस्थीत रहेका छन् । युवाहरूका लागि खेल मैदान, वृद्ध वृद्धाका लागि चाहिने व्यवस्था केही छैन । विकासका कुनै पनि पूर्वाधार यस क्षेत्रमा छैनन् । वर्षामा हिलोका कारण बन्द हुने गरेका बाटाघाटा छन् । यस्तो अवस्थामा हामी महानगरसँग जोडिएका नगरपालिका भन्न पनि लाजै मर्दाे छ । त्यसैले यहाँका जनताले नयाँ नेतृत्व सँगै सबै सेवा सुविधा आफ्नै नगरपालिकामा चाहेका छन् र हाम्रो पार्टीले यस्तै विविध क्षेत्रमा रहेर काम गर्नेछ ।


सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र सहित संवैधानिक राजसंस्थाको राजनीतिक एजेण्डा तथा उदार र कल्याणकारी राज्यको आर्थिक एजेण्डासहित अघि बढेको उनले बताए । प्रजातान्त्रिक ट्रेड युनियनका माध्यमबाट मजदुर वर्गको अधिकारका लागि क्रियाशिल कुवँर निर्वाचन जित्नेमा ढुक्क रहेको बताउँछन् ।


गठबन्धनप्रति उनको भनाई “यो एउटा बाडीचुडी खाने, देश विकाश भन्दा पनि पार्टीको व्यक्तीगत फाइदाका लागि गठित गठबन्धन हो । आफ्नो फाइदाका लागि भए पनि विरोधी पक्षहरुको मिलेमतो हो । यस गठबन्धनबाट जनतालाई केही फाइदा छैन् ।


उनी अगाडि भन्दछन्, “म मजदुरहरूका हक हितका लागि अघि बढनेछु । हाम्रो ट्रेड युनिनले २–२ बर्षमा मजदुरको मुल्याङ्कन गर्ने गरेको छ । त्यसमा मजदुरले पाएको पारिश्रमिक बढाउने तर्फ सोंचेका छौं । नेपाल भरिका मजदुरहरुका लागि अस्पताल बनाउने भएका छौं । मजदुरहरुका लागि सँधैँ लड्दै आएका छौँ । युवाहरुका लागि रोजगारीको सम्भावना पहिल्याउने, बेरोजगारी तथा विदेश पलायन हुन नदिनलाई रोजगारीको वातावरण सिर्जना गराउने छौं ।”

प्रतिकृया