• २३ भदौ २०८३, मंगलबार
  • १ः१६ दिउँसो

डिप्रोक्स लघुवित्तको आम्दानीमा भारी गिरावट

प्रकाशित मिति

२०७९ कार्तिक २८ गते, सोमबार ०१:४१

२८ कात्तिक, २०७९, काठमाडौँ: चालु आर्थिक वर्षमो पहिलो त्रैमासमा डिप्रोक्स लघुवित्तले ९ करोड ९१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले १७ करोड १७ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद नाफा झण्डै ४३ प्रतिशतले घटेको हो ।

National Life

खुद ब्याज आम्दानीमा आएको गिरावटसँगै इम्पेरिमेण्ट चार्जमा आएको बढोत्तरीले लघुवित्तको खुद नाफा प्रभावित भएको हो । लघुवित्तको यस्तो शीर्षकको रकम ३ करोड ९५ लाख रुपैयाँ छ । लघुवित्तको खुद ब्याज आम्दानी, कुल सञ्चालन आम्दानी तथा सञ्चालन मुनाफाका शीर्षकहरु घटेका छन् ।


नाफामा आएको गिरावटसँगै लघुवित्तको प्रतिशेयर आम्दानी ६० रुपैयाँ ५ पैसाबाट ३५ रुपैयाँ ३४ रुपैयाँ २९ पैसामा झरेको छ । मूल्य आम्दानी अनुपात २६.३ गुणाले बढी रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ २७५ रुपैयाँ २८ पैसा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

१ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ सञ्चित छ ।

प्रतिकृया