नेपाल-भारत सीमानाका बन्द गर्ने निर्णय
प्रकाशित मिति
२०७९ कार्तिक २७ गते, आईतवार ११:४७
२७ कात्तिक २०७९, काठमाडौँ : मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हाे।
खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुई पक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपोसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताए।
बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले र भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अरबिन्दकुमार बर्माले गरेका थिए।
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया