• 4:21 am

जुम्लाका दुई पालिकामा टेलिकमको टावर निर्माण

प्रकाशित मिति

November 11, 2022

२५ कार्तिक २०७९, काठमाडौँ: कनका सुन्दरी र पातारासी गाउपालिकामा नेपाल टेलिकमको रिपिटर टावर राखेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार सञ्चारसेवा सुविधा नभएका स्थानमा टेलिकमको टावर राखिएको हो । सञ्चारसेवा सुविधा नहुँदा समस्या हुने भएकाले चुनावअघि नै टावर निर्माण गर्न पहल गरिएको उनले बताए ।


प्रजिअ केशरीका अनुसार नयाँ टावर राख्दा निर्वाचनको समयमा फाने सम्पर्क गर्न सजिलो हुने त्यहाँका स्थानीयले फोन सेवा लिन पाउने भएका छन् ।


यहाँको नेपाल टेलिकमको क्षमता बढाउन आवश्यक रहेकाे उनले बताए । उनका अनुसार टेलिकमले साना समस्या आउँदा पनि एक हप्तासम्म सेवा अवरुद्ध हुने समस्या समाधानका लागी टेलिकमको केन्द्रीय कार्यलयलाई समेत भनिएको छ ।

प्रतिकृया