• 4:26 am

नेपाल टेलिकमको सामूहिक सन्देश सेवा प्रभावकारी

प्रकाशित मिति

२०७९ कार्तिक २५ गते, शुक्रबार ०३:५५

group

२५ कार्तिक २०७९, काठमाडौँ: नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश (Group SMS) सेवा प्रभावकारी बनेको बताएको छ । यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ ।

यस अन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्ने भनेको छ । साथै यस अफरमा आवश्यकता बमोजिम २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकै पटक वा पटक पटक सन्देश पठाउन सकिने सुविधा भएको बताएको छ । जम्मा २ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत रु. १००० (एक हजार,करबाहेक) मा दुई दिन भित्रमा २ हजार सन्देश पठाउन सकिने बताएको छ ।

यसैगरी ५ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा रु. २,५०० (पच्चिस सय,करबाहेक) मा ५ (पाँच) दिनभित्रमा ५ हजार सन्देश पठाउन सकिन्छ । यसका साथै १०,००० (दश हजार) वटा सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा रु. ५,००० (पाँच हजार,करबाहेक) मा १० दिन (दश दिन) भित्रमा जम्मा १०,००० हजार वटा सन्देश पठाउन सकिन्छ । यस अफरमा कम्पनीको नेटवर्क भित्र मात्र सन्देश पठाउन सकिन्छ ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सिमकार्ड हुनुपर्ने र प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मोवार हुनुपर्ने कुरामाथि पनि टेलिकमले प्रकाश पारेको छ ।

यो सेवा प्रयोग गर्नका लागि https://groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने र ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो Contact मा भएका नम्बरहरु Excel Sheet मार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको जनाएको छ ।

प्रतिकृया