• ५ असोज २०८३, सोमबार
  • १ः०२ दिउँसो

आयोगले सोध्यो कांग्रेस महामन्त्री शर्मालाई २४ घण्टे स्पष्टीकरण

प्रकाशित मिति

२०७९ कार्तिक ४ गते, शुक्रबार ०७:३०

४ कात्तिक २०७९, काठमाडौं : आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । महामन्त्री शर्माले झापाका आगलागी पीडितलाई पैसा वितरण गरेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

National Life

झापा क्षेत्र नम्बर १ का उम्मेदवार शर्माले आगलागी पीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ निरौला परिवारलाई हस्तान्तरण गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । विजय दाल्मियाले आफ्नो फेसबुक वालमा शेयर गरेको त्यो फोटोबारे श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा गर्नुभएको होइन भन्नसकिने कुनै आधार कारण नदेखिएकाले स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।


निर्वाचन आचारसंहीता २०७९ को परिच्छेद २ को दफा ४ (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरी कुनै कार्य गर्न नहुने उल्लेख छ । आयोगले रकम हस्तान्तरण भएको बारे के कस्तो भएको हो रु र नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनि प्रश्नसमेत सोधेको छ । महामन्त्री शर्मालाई उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यलयमा आफैं उपस्थित भइ वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया