• १३ असोज २०८३, मंगलबार
  • १२ः१७ दिउँसो

कांग्रेस नेता मिनेन्द्र रिजालले पाएनन् टिकट

प्रकाशित मिति

२०७९ आश्विन २३ गते, आईतवार ०८:४२

यसअघि उनले जितेको क्षेत्रमा सुजातालाई उठाइयो

National Life

२३ असोज २०७९, काठमाडौँ: नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट वञ्चित भएका छन् । यसअघि मोरङको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएर जितेका नेता रिजाललाई यसपल्ट भने पार्टीले टिकट नदिएको हो ।


यसअघि उनी उठेको क्षेत्रमा अहिले कांग्रेसले नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ । मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र कांग्रेसले पाएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसमध्ये १ मा डिकबहादुर लिम्बू‚ २ मा सुजाता कोइराला‚ ३ मा सुनील शर्मा र ६ मा शेखर कोइरालाले टिकट पाएका छन् । विराटनगर कोइराला समूहको प्रभाव क्षेत्र हो । टिकट पाउने चारै जना कोइराला समूहका नेता हुन् ।


क्षेत्र नं. ४ र ५ मा भने नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ । कांग्रेस नेताद्वय महेश आचार्य र अमृता अर्याले टिकट पाएका छैनन् ।


यसअघि कांग्रेसको चौधौं महाधिवेशनमा नेता रिजाल शेखर कोइराला समूहबाट महामन्त्रीको प्रत्याशी थिए ।आजको कान्तिपुरमा समाचार छ ।

प्रतिकृया