• १३ असोज २०८३, मंगलबार
  • १ः१३ दिउँसो

प्रभु बैंक लिमिटेड र होटल गाउँबेसी प्रालि बीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

प्रकाशित मिति

२०७९ आश्विन १४ गते, शुक्रबार ११:२५

१४ आश्विन २०७९, काठमाडौँ: मिति २०७९ असोज ११ गतेका दिन प्रभु बैंक लिमिटेड र वालिङ्ग, स्याङ्जा स्थित होटल गाउँबेसी प्रा।लि। बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट वालिङ्ग शाखा कार्यालय प्रमुख श्री सन्तोष कुमार पौडेल र होटल गाउँबेसी प्रा।लि।का तर्फबाट अध्यक्ष श्री सुदन श्रेष्ठद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले होटल गाउँबेसी प्रा।लि।द्धारा सञ्चालित “फुड र वेभरेज” सेवामा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

National Life

उक्त सम्झौता अन्तर्गत होटल गाउँबेसी प्रा।लि मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल गाउँबेसी प्रा।लि।का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिकृया