चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु
प्रकाशित मिति
२०७९ आश्विन १३ गते, बिहीबार ०७:३५
१३ असोज २०७९, काठमाडौँ : उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । चाङचुन शहरको एउटा भोजनालयमा आगलागी भएको स्थानीय सरकारले जनाएको छ ।
आगलागी लगत्तै अग्नि नियन्त्रकहरू घटनास्थलमा पुगेका थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण अनुसन्धान भइरहेको छ । चीनमा घातक आगलागी बारम्बार हुने गरेका छन्, जहाँ भवन संहिता उल्लंघन गरेर व्यापक अनधिकृत निर्माण भइरहन्छन् ।

यस महिनाको सुरुमा, चाङ्साको मध्य शहरमा भएको ठूलो आगलागीले सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी चाइना टेलिकमको कार्यालय रहेको गगनचुम्बी भवनमा क्षति भएको थियो । त्यस्तै उत्तरपूर्वी जिलिन प्रान्तमा एउटा गोदाममा आगलागी हुँदा १५ जनाको मृत्यु भएको थियो ।


Related
Recent News
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
- टेलिकमले बाढीग्रस्त सबै क्षेत्रमा पुर्यायो आफ्नो नेटवर्कको पहुँच
- नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
- कृष्णभीर अवरोधपछि ग्यास आपूर्तिमा साल्ट ट्रेडिङको नयाँ पहल
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया