• २३ भदौ २०८३, मंगलबार
  • १ः१९ दिउँसो

वीर अस्पताल र शंकरदेव क्याम्पससहित सात निकायलाई बहाल कर बुझाउन महानगरको १० दिने अल्टिमेटम

प्रकाशित मिति

२०७९ भाद्र २३ गते, बिहीबार ०७:३५

२३ भाद्र २०७९, काठमाडौँ : काठमाडौं महानगरपालिकाले वीर अस्पताल र शंकरदेव क्याम्पससहित ६ वटा सरकारी निकायलाई घर बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ। वीर अस्पताल, शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल कमर्श क्याम्पस, दशरथ रंगशाला त्रिपुरेश्वर र सरस्वती बहुमुखी क्याम्पस ठमेललाई बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको हो।

National Life

महानगरपालिकाका राजश्व विभाग प्रमुख शिवराज अधिकारीका अनुसार ती अन्तर्गतका कार्यालयले आफ्नो क्षेत्रभित्र बहालमा लगाएका थिए। उनीहरूले बहाल लगाई आम्दानी गरेको कर बुझाउन महानगरले पटक-पटक ताकेता गर्दै आएको उनले‍ बताए। ताकेता गर्दा पनि अहिलेसम्म कर नबुझएकाले सम्बन्धित निकायलाई बहाल आम्दानीको विवरणसहित कर बुझाउन समयसीमा दिइएको हो।


महानगरले वडा कार्यालयमा गई नियमानुसारको जरिवानासहित बहाल कर बुझाउन भनेको छ। यी निकायले कर नबुझाए महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया