• २०:०५ २०८० चैत्र १६ गते
  • 8:05 pm

स्याङजाको वद्खोलामा टिभिएसको नयाँ शो रुम सञ्चालनमा

प्रकाशित मिति

२०७९ श्रावण ३१ गते, मंगलवार ०१:५३

New Showroom Opening 1

३१ साउन २०७९, काठमाडौं: नेपालमा टिभिएस टू ब्हिलरको एकमात्र वितरक जगदम्वार मोटर्सले स्याङजाको वद्खोलामा पूर्णसुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहजरुपमा उपलब्ध गराउने उदेश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।


नयाँ शोरुममा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनिका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्नसधैं प्रयासरत रहेको बताए । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उनको भनाइ छ । टिभिएसले निरन्तररूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिईरहेको उनले बताए ।


कार्यक्रम स्याङका जिल्लाका प्रमूख जिल्ला अधिकारी राजु पौडेलको प्रमूख आतिथ्यतामा सञ्चालन भएको थियो । त्यसक्रममा स्याङजा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजिव वहादुर वस्नेत, प्रहरी उपरिक्षक रविन्द्र खनाल, ससस्त्र प्रहरी नायव उपरिक्षक राजेशलाल श्रेष्ठ, पुतली बजार नगरपालिका वडा र्न ३ र ४ का वडा अध्यक्ष लगायतको अपस्थिति रहेको थियो ।


जगदम्बा मोटर्स प्रालि टिभिएसको एकमात्र आधिकारिक वितरक हो। नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टिभिएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकहरूको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको छ । मंगलबार टिभिएस उच्च गुणस्तरका उत्पादनहरू, सुलभ बिक्रीपछि सेवा र देशभरका उपभोक्ताहरूका लागि स्पेयर पाट्र्सको उपलब्धताका कारण नेपालमा सबैभन्दा रुचाइएको दुईपांग्रे ब्रान्ड बनेको छ ।

प्रतिकृया