• २७ भदौ २०८३, शनिबार
  • १०ः४१ बिहान

स्याङजाको वद्खोलामा टिभिएसको नयाँ शो रुम सञ्चालनमा

प्रकाशित मिति

२०७९ श्रावण ३१ गते, मंगलवार ०१:५३

३१ साउन २०७९, काठमाडौं: नेपालमा टिभिएस टू ब्हिलरको एकमात्र वितरक जगदम्वार मोटर्सले स्याङजाको वद्खोलामा पूर्णसुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहजरुपमा उपलब्ध गराउने उदेश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।

National Life

नयाँ शोरुममा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनिका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्नसधैं प्रयासरत रहेको बताए । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उनको भनाइ छ । टिभिएसले निरन्तररूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिईरहेको उनले बताए ।


कार्यक्रम स्याङका जिल्लाका प्रमूख जिल्ला अधिकारी राजु पौडेलको प्रमूख आतिथ्यतामा सञ्चालन भएको थियो । त्यसक्रममा स्याङजा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजिव वहादुर वस्नेत, प्रहरी उपरिक्षक रविन्द्र खनाल, ससस्त्र प्रहरी नायव उपरिक्षक राजेशलाल श्रेष्ठ, पुतली बजार नगरपालिका वडा र्न ३ र ४ का वडा अध्यक्ष लगायतको अपस्थिति रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

जगदम्बा मोटर्स प्रालि टिभिएसको एकमात्र आधिकारिक वितरक हो। नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टिभिएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकहरूको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको छ । मंगलबार टिभिएस उच्च गुणस्तरका उत्पादनहरू, सुलभ बिक्रीपछि सेवा र देशभरका उपभोक्ताहरूका लागि स्पेयर पाट्र्सको उपलब्धताका कारण नेपालमा सबैभन्दा रुचाइएको दुईपांग्रे ब्रान्ड बनेको छ ।

प्रतिकृया