• १६ असोज २०८३, शुक्रबार
  • १ः१७ राती

आज सुन-चाँदी मूल्य घट्यो

प्रकाशित मिति

२०७९ श्रावण २२ गते, आईतवार ११:५९

२२ साउन २०७९, काठमाडाैंः आइतबार सुनचाँदी दुवैको मूल्यमा घटेको छ। सुन तोलामा ५ सय र चाँदी १५ रुपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबार तोलाको ९६ हजार ८ सय रुपैयाँ थियो।

National Life

यस्तै चाँदीको मूल्यमा पनि गिरावट छ। महासंघका अनुसार गत साताका तुलनामा तोलामा १५ रुपैयाँले घटेको छ। आइतबारका लागि चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ५ रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबार तोलाको १२ सय २० रुपैयाँ थियो।


अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी दुवैको कारोबार मूल्यमा गिरावट देखिएको छ। गत शुक्रबार प्रतिऔंस १७९२.५८ डलरमा कारोबार भएको सुन घट्दै आइतबार १७७४.९६ डलरमा आइपुगेको छ। चाँदी पनि २०.३१ डलर प्रतिऔंसबाट घटेर कारोबार हुँदै १९.९० डलरमा आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया