• १५ असोज २०८३, बिहीबार
  • ११ः४२ राती

पिपुल्स पावरले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

प्रकाशित मिति

२०७९ श्रावण २२ गते, आईतवार ११:०९

२२ साउन २०७९, काठमाडौं: पिपुल्स पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ। कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

National Life

जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।


यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा भदौ ५ गतेसम्म ढीलोमा भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

केयर नेपालले आईपीओ कम्पनीको आईपीओलाई ‘केयर एनपी– बीबी’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा औषत जोखिम रहेको देखाउँछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया